अमेरिका–इरान सम्झौतामा हस्ताक्षर नहुँदै हर्मुज मार्ग खुला, जान थाले तेलले भरिएका ट्यांकरहरु
तेहरान । अमेरिका–इरान सम्झौतापछि विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजको जलघाँटी पुनः सञ्चालनतर्फ अघि बढेको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसम्म सो सामरिक जलमार्ग ‘पूर्ण रूपमा खुला’ हुने बताएसँगै यसले मध्यपूर्व युद्ध अन्त्यतर्फको सम्झौतापछि ऊर्जा बजारमा आशा जगाएको छ ।
