SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

देशमा अराजकता र दण्डहीनता बढ्यो : ऐन महर

काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महरले रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनबाट घर फर्कने क्रममा गत असार १ गते धनगढीमा ७–८ जनाको समूहले सिंहमाथि योजनाबद्ध आक्रमण गरेको बताए ।