SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

केन्द्रीय निर्देशन भन्दै सशस्त्रको जोमसोम गुल्मले नियन्त्रणमा लिएको ६४९ बिवाईडी गाडी १२ दिनपछि फुकुवा

काठमाडौं । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाईडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।