SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

संगठनका शहीद परिवारको घरमा पुगे सशस्त्रका आईजीपी पौडेल, भने : ‘संगठन सधैँ तपाईंहरुको साथमा छ’

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठन सधैँ शहीद परिवारको साथमा रहेको बताएका छन् । उनले शहीदले बगाएको रगत र पसिनाले गर्दा आज संगठन यहाँसम्म आइपुगेको स्मरण गर्दै शहीदका हरेक परिवारको सुख दुःखलाई साथमा लिएर संगठन अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।