SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

अझै भित्रिएन मनसुन, विगतमा कहिले कहिले मनसुन भित्रिन ढिलाइ भएको थियो ?

काठमाडौं । नेपालमा अझै केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन  भित्रिन सकेको छैन । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिइन् ।