SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

कैदी हत्या प्रकरणमा असईसहित ७ प्रहरी र अन्य ८ जनालाई जन्मकैदको सजाय

संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाइ भएको छ ।  जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।