विश्वकप–२०२६ न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा
काठमाण्डु– फिफा विश्वकप–२०२६ अन्तर्गत आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको हो । न्युजिल्यान्डका इलाइजा जस्टले खेलको सातौँ मिनेटमै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
