SHARE
पर्दाफास · शुक्रबार​ २३ साउन २०८२ ११:३० AM · 1 मिनेट पढाइ

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिउँ : नेता खरेल

नेकपा (एमाले)का नेता अग्नि खरेलले मुलुकका साझा स्वार्थका मुद्दामा राजनीतिक स्वार्थभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । खरेलले देशलाई एकतावद्ध बनाएर साझा स्वार्थलाई अघि बढाउनसके धेरै चुनौती समाधान गर्न सकिने धारणा राखे ।