विश्वविद्यालयले १० वर्षदेखि लेखापरीक्षण गरेनन् : महालेखा
महालेखा परीक्षक तोयम रायाले विश्वविद्यालयहरूले ८-१० वर्षदेखि लेखापरीक्षण नगरेको बताएका छन्। शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्वविद्यालयसहित सबै एकाइको अडिटलाई प्राथमिकतामा राख्ने बताए। उनका अनुसार लामो समयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई, चारवटा बाहेक अहिले प्रायको लेखा परीक्षण गरिएको बताए। संघीय निकायहरूको बेरुजु बढ्ने क्रम जारी छ।
