SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०३:२५ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बिमा दाबी भुक्तानीका निम्ति थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढाइयो

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ । बोर्डका अनुसार विगत आर्थिक वर्षदेखि बाँकी रहेका स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकमलाई प्राथमिकताका साथ निकासा गरिएको हो ।