SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

हाजिरी जमानीमा रिहा भए सेफ सन्तोष साह

काठमाडौं । ‘सेफ सन्तोष’का रूपमा चर्चित मिथिला थालीका सञ्चालक सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी सम्बन्धी आरोपमा शनिबार पक्राउ परेका साह हाजिरी जमानीमा छुटेका हुन् । अनुसन्धानका क्रममा आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई परिवारका सदस्यको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ ।