SHARE
पर्दाफास · शुक्रबार​ २३ साउन २०८२ १२:५३ PM · 1 मिनेट पढाइ

युथ लिगमा मच्छिन्द्र दोस्रो स्थान उक्लियो, आर्मीको ११ औं हार

मच्छिन्द्र क्लवले जारी एन्फा यु–१६ युथ लिगमा आठौं जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रवार न्युरोड टिम (एनआरटी) क्लवमाथि २–० को जित निकाल्दै मच्छिन्द्र लिगको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जन र सुदीप ठकुरीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो ।