SHARE
लोक पथ · मङगलबार २ असार २०८३ ०२:२३ AM · 1 मिनेट पढाइ

फेसबुकमा अपशब्दयुक्त तस्बिर पोस्ट गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–११, सतुङ्गल निवासी ६१ वर्षीय प्रद्युम्न श्रेष्ठ रहेका छन्। उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।