बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने
मुख्यमन्त्री नियुक्त भएको हप्ता दिनमै बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले आगामी साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् । एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका बानियाँले संवैधानिक प्रावधानअनुसार तोकिएको समयभित्र विश्वासको मत लिने तयारी गरेका हुन् ।
