सरकारी भवनमा अवैध रूपमा रहेका संघ-संस्था हटाउन प्रशासनको निर्देशन
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सरकारी भवन र सार्वजनिक निकायका भवनभित्र अवैध रूपमा सञ्चालन भइरहेका गैरसरकारी संघ–संस्थाका कार्यालय हटाउन निर्देशन दिएको छ । कार्यालयले संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएका तर सरकारी भवन प्रयोग गरेर कार्यालय चलाइरहेका प्राविधिक तथा पेशागत संघ–संस्थालाई ७ दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको हो ।
