विदेशमा रहेका नेपालीका लागि मताधिकारको व्यवस्था गर्न माग गर्दै रास्वपाले अभियान चलाउने
राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने भएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
