SHARE
पर्दाफास · शुक्रबार​ २३ साउन २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली काँग्रेस संवेदनशील छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनको लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको बताए ।