अव्यवस्थित सडकपेटी र सार्वजनिक संरचनाबाट क्षति भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले अव्यवस्थित सडकपेटी, खुला ढल तथा अन्य सार्वजनिक संरचनाका कारण नागरिकले ज्यान वा धनको क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायलाई आदेश दिएको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाँल र नृपध्वज निरौला को संयुक्त इजलासले २०८१ मङ्सिर १७ गते गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।
