संसदमा युवराजको प्रश्नः बजेट भाषण आकाशको तारा झार्ने, बजेट कार्यक्रम गुलेलीले चरा मार्ने ?
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट मुलुकको वास्तविक अवस्थासँग मेल नखाने टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा खर्च कटौकीको प्रस्ताव राख्दै उनले स्वास्थ्य, शिक्षा र कृषिजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा बजेट अल्मलिएको टिप्पणी गरे ।
