SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नगरी गृहमन्त्री पुनर्बहाली गर्नु आपत्तिजनक : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको विषयप्रति आपत्ति जनाएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सचेतक परियारले सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरी तथा संसद् र जनतालाई जानकारी नदिई राजनीतिक सहमतिका आधारमा गुरुङलाई पुनर्बहाली गरिएको भन्दै आलोचना गरे ।