सरकारलाई नेकपाको प्रश्न : ‘१८ दिन बित्दा पनि किन आएन मन्त्रालयगत किताब ?’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विनियोजन विधेयक संसदमा पेस भएको १८ दिन बितिसक्दा पनि मन्त्रालयगत बजेट तथा कार्यक्रमको विस्तृत विवरण सार्वजनिक नगरिएको भन्दै सरकारको पारदर्शितामाथि प्रश्न उठाएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक युवाराज दुलालले बजेट निर्माण तथा कार्यान्वयन प्रक्रियामा पारदर्शिताको अभाव देखिएको बताएका हुन् ।
