रास्वपाले गर्यो चार सांसदको संसदीय समिति हेरफेर, को कहाँ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना चार सांसदको संसदीय समिति हेरफेर गरेको छ । प्रतिनिधिसभा नियमावलीको नियम १७७ बमोजिम सदस्यहरूको नाम हेरफेर गरिएको हो । हेरफेरअनुसार सांसद मनिष झालाई उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पठाइएको छ ।
