SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

नेपाली जनताले प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति चाहेका छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति चाहेको बताएका छन् । सोमबार लोकसेवा आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।