SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

सरकारलाई गिरिबन्धु टी-स्टेटको फाइल खोल्न एमालेको चुनौती

काठमाडौं । नेकपा एमालेले सरकारले ‘फाइल खोल्ने’ चेतावनी दिएको भन्दै गिरिबन्धु टी–स्टेटसहित विवादित सबै प्रकरणको फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी उपनेता पद्या अर्यालले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै फाइल खोल्ने चेतावनी दिएको आरोप लगाइन् ।