SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति 

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सेफ सन्तोषका रूपमा चर्चित मिथिला थालीका सञ्चालक सन्तोष साहलाई कम्तीमा ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि शनिबार पक्राउ परेका सेफ सन्तोषलाई हिरासतमा राख्न म्याद माग्दै प्रहरीले आज सोमबार कार्यालय खुलेलगत्तै जिल्ला अदालत, काठमाडौंमा हाजिर गराएको थियो ।