प्रहरीको स्वेच्छाचारिता रोकियोस् : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रहरीको पछिल्लो कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वाभिमान, नागरिक सुरक्षा र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका हुन् ।
