SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको चारदिने औपचारिक भ्रमणका क्रममा ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन् । बेइजिङस्थित उक्त अनुसन्धान संस्थानको आज बिहान स्थलगत अवलोकन गरिएको नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा मन्त्री खनालले नेपाल–चीनबीच थप गहिरो अनुसन्धान तथा प्राविधिक सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।