इप्पान अध्यक्ष डाँगीको कार्ययोजना सार्वजनिक : नीतिगत सुधारदेखि प्रविधिमैत्री निर्वाचनसम्म प्राथमिकता
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि महत्वाकांक्षी कार्ययोजना र मार्गचित्र सार्वजनिक गरेका छन् । नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौं मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रको विकास, लगानीको सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राखिने स्पष्ट पारे ।
