जनकपुर जाँदै गरेको बुद्ध एयरको उडानमा समस्या, त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण
काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । विमानमा समस्या देखिएलगत्तै जहाजलाई काठमाडौं फर्काएर सुरक्षित रूपमा अवतरण गराइएको हो । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् भने कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।
