SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

‘देश बनाउने टोली’ पोस्ट विवादमा, बालेनले दिए स्पष्टीकरण, भने–‘बिदाको दिन जिस्किन्छु’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूले सामाजिक सञ्जालमा गरेको एक पोस्टलाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि स्पष्टीकरण दिएका छन् । आइतबार साँझ उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए ।