SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०२:२९ AM · 1 मिनेट पढाइ

ट्रम्पले भने– ‘इरानसँगको सम्झौता पूरा भयो, होर्मुज जलमार्ग खुल्छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको घोषणा गरेका छन् । उनले सम्झौतासँगै होर्मुज जलमार्ग पुनः खुल्ने र जहाजहरूको आवतजावत बिना कुनै अतिरिक्त शुल्क सञ्चालन हुने बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि अमेरिका र इरानबीच शान्ति सम्झौता भएको र त्यसको कार्यान्वयन सुरु भइसकेको जानकारी दिएका छन् ।