SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

सीमा क्षेत्रमा बाँध मर्मतको नाममा संरचना विस्तार, नेपालतर्फ बाढीको जोखिम

काठमाडौं। रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा निर्माण गरेको बाँध मर्मतको नाममा झन् अग्लो र बलियो बनाइएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । सीमावर्ती क्षेत्रमा हुने कुनै पनि भौतिक संरचना निर्माण वा परिवर्तन दुवै देशको सहमतिबिना गर्न नपाइने नियम भए पनि त्यसको उल्लङ्घन भएको स्थानीयको आरोप छ ।