आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै सातै प्रदेश, कुन प्रदेशको कति बजे ?
काठमाडौं । आज सबै प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । विगतका वर्षहरूमा कार्यान्वयनमै समस्या देखिएपछि यसपटक प्रदेश सरकारहरूले व्यवहारिक र कार्यान्वयनमुखी बजेट ल्याउने तयारी गरेका छन् । प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आगामी आर्थिक वर्षका लागि आय व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
