SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०१:२१ AM · 1 मिनेट पढाइ

संसद्को दुवै सदनको बैठक आज, विनियोजन विधेयक र बजेटमाथि छलफल हुने

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ माथिको छलफल सुरु हुनेछ ।