हामी बखेडा झिक्दैनौँ, सरकारले बहुमतका बलमा कानुन नमिचोस् : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई बहुमतको आडमा कानूनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो चेतावनी दिएका हुन् ।
