SHARE
लोक पथ · आइबार​ ३१ जेठ २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा

काठमाडौं । काठमाडौं महानगरले आगामी पाँच वर्षभित्र महानगरभित्रका सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने घोषणा गरेको छ ।महानगरपालिकाको नगरसभा १९औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त घोषणा गरेकी हुन् । सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने अभियान चालू आर्थिक वर्षदेखि नै सुरु गरिने उनले जानकारी दिइन् ।