कैलालीमा टेम्पो भिरबाट खसेको विषयमा वन कार्यालयको स्पष्टीकरण, जानाजान नभएको दाबी
कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गत गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भनिएको घटनाबारे डिभिजन वन कार्यालय कैलालीले स्पष्टीकरण दिएको छ । कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै वन कर्मचारीले जानाजान वा नियतवश टेम्पो भिरबाट नखसालेको स्पष्ट पारेको छ ।
