नाइमा मोबिलिटी एक्स्पोमा फोर्थिङ फ्राइडे ईभी सार्वजनिक
२१ साउन, काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्सपोमा लक्ष्मी ई–मोबिलिटीले नयाँ ईभी ब्रान्ड फरथिङको फ्राइडे ईभी सार्वजनिक गरेको छ। यो गाडी दुई भेरिएन्ट, लक्जरी र एक्सक्लुसिभ, मा उपलब्ध छ, जसको मूल्य क्रमशः ४८ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य पहिले घोषणा गरिएको भन्सार मूल्यभन्दा कम हो।
