बिपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
काठमाडौं । गत असोजमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको बिपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै मुख्य सडक संरचनाको किनाराबाट सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलामा बनाइने डाइभर्सन बारम्बार बग्ने समस्या समाधान गर्न स्थायी संरचनामार्फत यातायात सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको हो ।
