गोगोरो स्कुटर अब झनै मूल्यवान: नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु
२१ साउन, काठमाडौं। नेपालमा विद्युतीय दुईपांग्रे सवारीका लागि पहिलो पटक बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु भएको छ। गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला एनर्जीले यो ऐतिहासिक कार्यक्रमको घोषणा गरेको हो। यस कार्यक्रमले ग्राहकहरूमा थप भरोसा जगाउनुका साथै नेपाली बजारमा गोगोरोको दीर्घकालीन प्रतिबद्धतालाई पनि उजागर गरेको छ।
