उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन
२१ साउन, काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन आज नेपाल प्रहरी क्लबको सगरमाथा हल, भृकुटीमण्डपमा सम्पन्न भएको छ । उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री माननीय श्री विष्णु प्रसाद पौडेलज्यूले पानसमा बत्ति बालेर कार्यक्रमको औपचारीक उद्घाटन गर्नुभयो ।
