मनसुन सुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा
काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै इलाम जिल्ला देशका अन्य भू–भागबाट कुनै पनि समयमा सम्पर्कविच्छेद हुनसक्ने उच्च जोखिममा परेको छ । गत वर्षको भारी वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल निर्माण र ठुला–ठुला पहिरो गएका स्थानको पुनर्निर्माण हुन सकेको छैन ।
