जगदम्बा मोटर्सद्वारा १४ देखि १९ सिटर व्यावसायिक विद्युतीय सवारीसाधन ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक
२१ साउन, काठमाडौं। नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रा.लि. ले व्यावसायिक विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ। शंकर समूह अन्तर्गतको यस प्रतिष्ठित कम्पनीले Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ ब्रान्डहरू मार्फत १४ देखि १९ सिट क्षमताका बहुउपयोगी व्यावसायिक ईभीहरू नेपाली बजारमा ल्याएको हो।
