NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा मोर्बिडेली नेपालद्वारा T352X र T252X को सार्वजनिक
२२ साउन, काठमाडौं। मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू — T352X र T252X — सार्वजनिक गर्दै नेपाली बजारमा ठूलो प्रवेश गरेको घोषणा गरेको छ। इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू-भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका छन्।
