मध्यपूर्वको तनावले रोकिएको नागढुंगा-नौबिसे सडक कालोपत्रे पुनः सुरु, धार्के बजार क्षत्रेमा धमाधम काम हुँदै [तस्बिरहरु]
काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य लाइफलाइनको रूपमा रहेको नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे (पिच) गर्ने कार्य पुनः सुरु भएको छ । मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो ।
