SHARE
लोक पथ · आइबार​ ३१ जेठ २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

सिरहामा २१ किलो गाँजासहित एक जना पक्राउ

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१४ का उमेशकुमार मगर रहेका छन् । उनलाई शनिबार पक्राउ गरिएको हो ।