रास्वपा लुम्बिनीको मतगणना जारी, शालिक घिमिरे अग्रस्थानमा
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । अधिवेशनअन्तर्गत शनिबार राति सम्पन्न मतदानमा कुल ५४२ मत खसेको थियो । निर्वाचन समितिका अनुसार आइतबार बिहानसम्म ३०० मत गणना सम्पन्न हुँदा सभापति पदका उम्मेदवार शालिक घिमिरे १०१ मतसहित अग्रस्थानमा रहेका छन् ।
