SHARE
लोक पथ · आइबार​ ३१ जेठ २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

इतरपक्षलाई ‘एकता’का लागि कांग्रेस संस्थापनले पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको सात बुँदे सहमति प्रस्ताव सार्वजनिक भएको छ । जेठ १६ गते असन्तुष्ट पक्षलाई पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म कुनै प्रतिक्रिया नआएपछि आइतबार सार्वजनिक गरिएको हो ।