SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

पाकिस्तानका प्रधानमन्त्रीले भने- अमेरिका र इरान बीचको सम्भावित सम्झौताले २४ घण्टाभित्र अन्तिम रूप पाउँछ

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्भावित सम्झौतालाई आगामी २४ घण्टाभित्र अन्तिम रूप दिने बताएका छन्।  उनले सम्झौतालाई अन्तिम रूप दिएपछि अर्को हप्ता प्राविधिक वार्ता हुने बताएका हुन्। नेपाली समयअनुसार शनिबार साँझ पौने ५ बजे सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले आगामी २४ घण्टाभित्र शान्ति वार्ता भइसक्ने अपेक्षा गरिएको बताए।