कीर्तिमानी रंगशाला, साकिराको ठुम्का
विश्वकप २०२६ को आकर्षकमध्ये एक साकिरा र बर्ना ब्वायको प्रस्तुति बन्यो । मेक्सिको र दक्षिण अफ्रिकाको बीच उद्घाटन खेल हुनुअघि दाई दाई बोलको गीतले रंगशाला गुञ्जायमान भयो । विश्वकप पारखीहरूले पनि त्यसको मज्जा लिए । साकिरा र बर्ना ब्वायले विश्वकपको आधिकारिक गीत दाई दाई पहिलो पटक लाखौं दर्शकमाझ प्रत्यक्ष प्रस्तुत गरेका थिए। संगीतमय उद्घाटन समारोहको अन्तिम भागका लागि दर्शक उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका थिए।
